प्रधानमन्त्री प्रचण्डलाई विप्लवको आग्रहः फेरि माओवादी जस्तो बन्नुस् 

प्रधानमन्त्री प्रचण्डलाई विप्लवको आग्रहः फेरि माओवादी जस्तो बन्नुस् 

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनताका चाहनालाई समयमा  सम्बोधन गर्न नसके विद्रोह हुने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा महासचिव विप्लवले जनताले न्याय खोज्दा नपाएपछिको विद्रोह भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेटमा प्रस्ताव गरे आफूहरु रत्नपार्कमा बसेर साथ दिने प्रतिवद्धता जनाउँदै फेरि माओवादी जस्तो बन्न आग्रह गरे ।

उनले भने, ‘नेपालमा अहिले पनि क्रान्ति र जनयूद्ध जारी छ । जनयुद्ध पनि मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो। जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित नगरेको आगो विद्रोहमा बदलिन्छन्। हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभूति गर्दछन् आज त्यस्तै अनुभूति भइरहेको छ। मैले उहाँलाई भनेको छु, तपाई क्याबिनेटमा प्रस्ताव गर्नुस्, हामी रत्नपार्कमा बसेर साथ दिन्छौँ। हरेक नराम्रा कामविरुद्ध उभिन तयार छौँ। आज पनि त्यहाँ उभिन तयार छौं । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुप-यो,बन्ने आँट गर्नुहुन्छ ।’

महासचिव विप्लवले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको जिकिर गरे  । अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको उनको भनाइ छ । 

Skip This
Skip This
Logo