नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुगेको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले नेपाल जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुगेको भन्दै यसको समाधानका लागि नेपालका तीनै तहका सरकार, निजी क्षेत्र र समुदायको बीचमा कार्यगत समन्वय गरि काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, 'उद्योगबाट भएको व्यापक कार्वन उत्पादनले प्राकृतिक विनाश तीव्र गतिमा बढेको तापक्रमका कारण प्रकृति र जीव जन्तु संकटमा पर्दै गएका छन् । त्यसको सबैभन्दा बढी असर हिमालमा परेको छ । नेपाल बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुग्यो । नेपालले पाउनुपर्ने क्षतिपूर्ति, हाम्रा मुद्दा अन्तर्राष्ट्रिकरण गर्न नेपालका तीनै तहका सरकारहरुको बीचमा निजी क्षेत्र, समुदायको बीचमा कार्यगत समन्वय गरी काम गर्न र हिमालहरु जोगाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।'
जलवायु परिवर्तन सम्बन्धि प्रयोग महासंघको महासन्धि पेरिस कन्भेन्सनले नेपाल जस्ता पीडित राष्ट्रहरुले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था गरेको भन्दै उक्त अधिकारको लागि पहल गर्न आग्रह गरेका छन् ।































प्रतिक्रिया