नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हेडमास्टर’को उपाधिले मात्रै नपुग्ने टिप्पणी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बास्कोटाले सत्तारुढ सांसदले अध्यक्ष ओलीलाई दिएको हेडमास्टरको उपाधिले नपुग्ने बताउँदै उपकुलपति भएको टिप्पणी गरेका हुन् ।
‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त उपकुलपति हो, प्रोफेसर डाक्टर हो’ उनले भने ।
यसअघिको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा अध्यक्ष ओलीलाई लक्षित गर्दै भनेका थिए- ‘प्रतिपक्ष भएर हेडसरको शैलीमा सदनमा प्रस्तुत भएर सल्लाह सुझाव दिने ठाउँमा सबै सांसदलाई हेडसर जसरी पढाएर गल्ती गर्नुभयो ।’































प्रतिक्रिया