प्रचण्डकाे दाबी- म जस्तो प्रधानमन्त्री यो देशमा सितिमिति भेटिँदैन

प्रचण्डकाे दाबी- म जस्तो प्रधानमन्त्री यो देशमा सितिमिति भेटिँदैन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जस्तो प्रधानमन्त्री नेपालको इतिहासमा सितिमिति नभेटिने दाबी गरेका छन् । 

मंगलवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलोपटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारहरुलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको दावी गरेका हुन् । उनले त्यस्तो विचार नेपालको संसदीय इतिहासमा दुर्लभ भेटिने हुनाले यो कुरालाई ध्यान दिएर सरकारको नीति कार्यबारे धारणा बनाउन आग्रह गरे । 

उनले भने, 'अघिल्लो पटक सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ । यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिदैँन । नेपालको इतिहासमा मौलिकता भेटिएको छ । शतप्रतिशत प्रतिनिधि सभाका सदस्यहरुको समर्थन गरेर बनेको प्रधानमन्त्री हिजो सत्ता पक्ष र प्रतिपक्ष दुवै र अहिले त्यही कार्यक्रमलाई निरन्तरता दिने त्यही प्रधानमन्त्री मैले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले केही विचारहरु प्रस्तावित गर्दै गर्दा अहिले प्रतिपक्ष दलको नेताले ती भनाइहरुलाई ऐतिहासिक भनेर उठेर हात मिलाउनु भएको थियो ।'

प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पक्ष र प्रतिपक्ष दुवै दलहरुको विचार धारणा समेटिएको हुनाले यसकाे विरोध गर्ने पनि सैद्धान्तिक धरातल र नैतिक धरातल नभएको बताए ।  

Logo