रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्चको आदेश

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।

दरपीठविरुद्ध युवराज सफलले इजलासमा रिट निवेदन पेश गरेका थिए  निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दर्ता गर्न आदेश गरेको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो। सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो। 

रिट निवेदनमा सर्वोच्च अदालतले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएको तर प्रक्रिया नपुगेको उल्लेख छ । 

Skip This
Skip This
Logo