प्रतिनिधिसभा बैठक आज पनि जारी रहने

प्रतिनिधिसभा बैठक आज पनि जारी रहने

केन्द्रबिन्दु
0
Shares

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ।  गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि हुँदै आएको छलफलले आज पनि निरन्तरता पाउने संघीय संसद सचिवालयले जनाएको छ। 

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसदहरुले नीति कार्यक्रमप्रति धारणा राखिसकेका छन्। 

मंगलबार सत्ता पक्षका सांसदले धारणा राखेको संसदमा आज पनि नीति तथा कार्यक्रममाथि नै छलफल हुने बताइएको छ। बैठक बिहान ११ बजे सुरु हुनेछ । 

Logo