प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारकालागि सरकार दृढ रहेको बताएका छन्।
नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू कुमाल समुदायसहित मुलुकका सबै अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताएका हुन्।
‘सानो संख्यामा रहे पनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका रहेको छ। यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठूलो छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधामन्त्री दाहालसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया