नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे चेतावनीको भाषा बोलेका छन्।
यो प्रकरणमा पक्राउ परेकाहरुले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिए पछि पोखरेल प्रतिकारमा उत्रिएका हुन्।
प्रहरी प्रमुख नै नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने सम्भावना देखिएपछि महासचिव पोखरेलले दोषी आफू भए पनि अरुलाई लगाउने प्रयास भइरहेको बताएका छन् ।
“कांक्राचोरले कांक्रा आफूले खाएर विया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ, नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान,“सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।” उनले सामाजिक सञ्जालमा लेखेका छन्।































प्रतिक्रिया