संविधानमा नेता र जनतालाई कानून अलग्गै हो भनेर लेख्न ज्ञानेन्द्र शाहीको आग्रह

संविधानमा नेता र जनतालाई कानून अलग्गै हो भनेर लेख्न ज्ञानेन्द्र शाहीको आग्रह

केन्द्रबिन्दु
0
Shares

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति अझै पनि लागू हुने गरेको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद शाहीले अब नेपालमा कानुन ठूलालाई र साना एवं सर्वसाधारणलाई फरक फरक हो भनेर लेख्न आग्रह गरे । 

उनले भने, 'ठूलाबडालाई कानुन नलाग्ने, प्रधानमन्त्रीको नै फैजदासी केसको मुद्धा छ । त्यो कहि पनि हल पनि नहुँने, सर्वसाधारण नागरिकले चाहीँ प्रहरीलाई भने आँखा झिम्काएको भरमा लगेर कुटी कुटी जेल हाल्ने ? मेरो केसमा पनि बोलेकै भरमा पनि लगेर आक्रमण गरेर जेल हाले । त्यसो भए कानुन किन बराबर भनेर बनाएको ? कानुन हाम्रा लागि अलग्गै हो । हामी प्रधानमन्त्री भएका नेताहरुको लागि अलग्गै हो र जनताको लागि अलग्गै हो भनेर लेखौं संविधानमा प्रष्टैसंग ।' 

Skip This
Skip This
Logo