तीन महिनापछि संसदमा बोलेका चन्द्र भण्डारीको प्रश्नैप्रश्न

तीन महिनापछि संसदमा बोलेका चन्द्र भण्डारीको प्रश्नैप्रश्न

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले द्वन्द्व व्यवस्थापनदेखि जस्तो सुकै जटिल अवस्थामा पनि संविधान बनाएको अनुभव नेपाली राजनीतिसंग भएको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद भण्डारीले सबै अनुभवलाई थन्क्याएर गालीगलौचको राजनीतिक संस्कार विकसित हुनु दुःखद भएको बताए । 

‘हामीसंग कति ठूलो अनुभव छ ? यत्रो द्धन्द्ध आर्मीले व्यवस्थापन गरेका हैन् र संसारमा द्धन्द्ध व्यवस्थापन गर्नको लागि के अमेरिकाले अफगानस्तिानको द्धन्द्ध व्यवस्थापन गर्न सक्यो ? पाकिस्तान र सुडानको व्यवस्थापन गर्न सक्यो ? वा ठूला शक्तिशाली देशहरुले सके ? हामी त त्यत्रो द्धन्द्ध व्यवस्थापन गर्ने संसारको उदाहरणीय मान्छे र नेपालका उदाहरणीय नेता हैनौं? हामीले त्यस्तो अवस्थामा पनि संविधान बनाएका हैनौं । ? हामी एकै ठाउँ उभिएका हैनौं ? संविधान बनाउँदा संख्या बढी भयो कि भनेर, धेरै मन्त्री भएकी भनेर, हामी फेरि छलफल गरौं न । महाभारतको युद्ध नभएको भए गीता आउथ्यो ? यो द्धन्द्ध नभएको भए समावेशी समानुपातिक प्रणाली ल्याउन सक्थ्यौं ? हामी अनुभवी पनि छौं । ज्ञानी पनि छौं । त्यसलाई मुलुक परिवर्तनमा प्रयोग गर्नुपर्दैन ? आलोचनामा अस्थिरतामा गालीगलोचमा पदमा लोभको यो मुलुक कहिले सम्म जान्छ ?’ उनले सोधे । 

Skip This
Skip This
Logo