नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भेटेका छन् । बुधवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा रहेका सांसद भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका हुन् ।
गत पुष ३ गते खाना पकाउने ग्यास लिग हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भई उपचारपछि पहिलाेपटक संसदमा फर्किएका सांसद भण्डारीले भने- "मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच ।"
उनले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराए ।

साे क्रममा एमाले अध्यक्ष ओलीले भने, "तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।"
सभामुख घिमिरेले एक साताअघि निवासमै गएर सांसद भण्डारीसँग भेट गरेका थिए । भण्डारको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाइएकाे थियाे ।

































प्रतिक्रिया