नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति बढ्याेः अध्यक्ष ओली

नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति बढ्याेः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा कुनै पनि हिसावले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । 

शुक्रबार काठकाडौंमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एकले अर्कोको कामलाई राम्रो भनेर भन्न नसक्ने अहंकार भएको बताएका हुन् । 

‘लोभ पाप र अहङकारले मान्छेलाई विगार्छ । अरुको श्रेष्ठतालाई स्विकार्न नसक्ने ठुलो समस्या छ । कुनै पनि हिसावले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने बौद्धिक होस कि जे सुकै होस । हामी ५ जनाले कार्यपत्र पेश गर्यौं मेरो भन्दा उसको कार्यपत्र राम्रो भनेर भन्न नसक्ने त्यो प्रवित्ति हामीहरुमा छ । अहंकारको प्रवृत्ति छ ।’ उनले भने । 

हरेक कुरामा उत्तरदायी हुन आवश्यक रहेको बताएका अध्यक्ष ओलीले सरकारले गरेको कामको प्रभावकारिता र उपलब्धि गफमा मात्रै नभई देखिने खालको हुनुपर्ने बताए।  

Logo