अवरुद्ध संसद खुलाउन प्रमुख तीन दल छलफलमा

अवरुद्ध संसद खुलाउन प्रमुख तीन दल छलफलमा

केन्द्रबिन्दु
0
Shares

अवरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ। 

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाएपछि एमालेले सो बिषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग अडान राखेका छन्।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक  पुनः सुचारु नै हुन नसकेपछि आज ४ बजेका लागि बोलाइएको छ।

जसका कारण सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने कार्यसुची भएपनि एमालेको अवरोधका कारण हिजो सम्भव हुन सकेको थिएन्। आज अवरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।  

Logo