‘पशुपतिको जलहरीमा प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत’ -प्रधानमन्त्री प्रचण्ड

‘पशुपतिको जलहरीमा प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत’ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरीको बारेमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसदमा विचार राख्नु उचित नभएको बताएका छन् । 

शनिवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा अख्तियार अनुसन्धानमा आयोगले छानविन गरिरहेको भन्दै यस्ता विषय संसदको रेकर्डबाट हटाउने चलन रहेको बताएका हुन् । 

उनले भने, ‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सदनमा केहि विषय उठेको छ । जलहरी सम्बन्धि विषयमा काम गर्ने क्षेत्राधिकार पशुपतिनाथ विकास कोषको हो । सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन् । अख्तियार अनुसन्धानमा आयोगमा निवेदन परि छानविन भईरहेको छ । यसमा सरकारको सहयोग रहेको छ । यस विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसदमा विचार राख्नु उचित होईन, यस्ता विषय संसदको रेकर्डबाट हटाउने चलन छ ।’ 

Logo