दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी छ : राजेन्द्र लिङ्देन

दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी छ : राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाही सुर्खेत पुगेका छन्। शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रम पश्चात् राप्रपा नेताहरू सुर्खेत पुगेका हुन् ।

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले दरबार हत्याकाण्डको छानबिन गर्ने विषयमा आफ्नो पार्टीको कुनै आपत्ति नरहेको बताए ।  ‘राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन। छानबिन गर्न जरुरी छ’, उनले भने, ‘हामीले यी सबै माग राखेका छौँ।’

सो क्रममा उनले देशको अवस्था सामान्य नभएको भन्दै विदेशी हस्तक्षेप बढेको बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने उनको भनाइ थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले देशका तमाम भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए। 

Logo