समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएनः सांसद सिंह

समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएनः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

सांसद डा. अमरेशकुमार सिंहले समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन् । 

आईतबार संघीय संसदको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिँदै सांसद सिंहले सिमिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले भने, ‘समिति गठन गर्दा कार्य व्यवस्था समिति होस्, सुनुवाई समिति होस्, राज्यको निर्देशक निर्देशित सिद्धान्तको समिति होस् सबै विचारको प्रतिनिधित्व गर्नुपर्छ तर त्यहाँ त्यसो गरिएको छैन । त्यसमा हाम्रो घोर आपत्ति छ ।’ 

सांसद सिंहले संसदभित्रको कुरा सिंहदरबारमा सहमति हुनुपर्ने भन्दै जुन प्रश्न संसदमा उठ्छ त्यसको जवाफ, छिनोफानो पनि संसदमै हुनुपर्ने बताए ।  

Logo