सांसद प्रेम सुवालले हत्यारा र भ्रष्टको संरक्षण गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।
आइतबार संघीय संसदको संयुक्त बैठक नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैँ उनले प्रजातन्त्रमा हत्या गर्ने र भ्रष्टाचारलाई संरक्षण त कसैले पनि गर्न नपाउने बताए।
उनले भने ‘वाईड बडी,ललिता निवास,जलहरीमा भएको भ्रष्टचारबारे संसदमा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइन्। दूधको दूध पानीको पानी छुट्याउने भनेर यो संयुक्त नियमावलीमा लेख्नुपर्छ।’































प्रतिक्रिया