भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्छः बाबुराम भट्टराई

भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्छः बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा आईतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको भएको छलफलमा भट्टराईले विभिन्न सुझाव दिएका हुन् । छलफलपछि सञ्चारकर्मीसंग उनले छिमेकी राष्ट्रसंँगको सम्बन्ध सुमधुर बनाउने पाटो विश्वास भएको बताए ।

उनले भने, ‘छिमेकीसंँग राम्रो सम्बन्ध बनाउनको लागि विश्वासको पाटो प्रमुख हो । मैले के सुझाव दिएको छु भने हाम्रो सीमा समस्या छन् । खुल्ला सीमाना छन् । यि सबैलाई एकमुष्ट समाधान गर्नको लागि मेरो पालामा सुरु भएको इपीजी हो । यो के कारणले रोकिएको त्यो बुझ्नुपर्छ ।’ 

पूर्वप्रधानमन्त्री भट्टराईले भारतले बिभिन्न आयोजना परियोजनाहरु बनाइदिन्छु भनेर राख्ने तर नबनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए । 

Logo