सात दिनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरुलाई सभामुखको निर्देशन

सात दिनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरुलाई सभामुखको निर्देशन

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति नलिएको भन्दै दलहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले सात दिनभित्रमा सहमतिमा समितिहरुको सभापति चयन गर्न पनि निर्देशन दिएका छन् । 

'संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ । ' उनले भने, 'सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।' 

गत १९ चैतमा  प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए । 

Logo