काठमाडौं ।
आज विहान ११ बजेका लागि तोकिएको नेकपा स्थायी कमिटी बैठक दिउसो ३ बजे सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको जानकारी दिएका हुन् ।
यस अघि ४ पटक स्थगित भएको नेकपाको स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्ने तालिका थियो ।
पार्टी भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग लगायतका विषयले नेकपामा आन्तरिक विवाद बढेको छ । जसका कारण बैठक स्थगित हुँदै आएको छ ।
पछिल्लो पटक असार १७ गते बैठक बसेको थियो । असार २५ पछि स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । यो अवधिमा अध्यक्षद्वय लगायत अन्य शीर्ष नेताहरुले समस्या समाधानका लागि पटक पटक सहमतिको प्रयास गरे पनि निष्कर्ष निस्किएको छैन ।
यसरी स्थगित बैठक आज बस्न लागेपछि यसको चासो सबैतिर छ । अबका दिनमा नेकपा कसरी अघि बढ्ला भन्ने विषयले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको हो । आजको बैठकले केहि नयाँ निर्णय गर्ला भन्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया