यो बजेटले संकट समाधान गर्न सक्दैनः अध्यक्ष ओली

यो बजेटले संकट समाधान गर्न सक्दैनः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको बजेटले देशको आर्थिक संकटको समाधान नगर्ने दाबी गरेका छन् । 

सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संसद भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग अध्यक्ष ओलीले उक्त बजेटले संकट दर्शाएको तर समाधान भने गर्न नसक्ने टिप्पणी गरेका हुन् । 

उनले भने ‘यो बजेट प्रस्तुतले संकट दर्शाउँछ तर संकट भने समाधान गर्न सक्दैन । ’ 

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । आजै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

Logo