राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद् अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिका सदस्यलाई बैठकमा समय पालना गर्न आग्रह गरेका छन्।
अध्यक्ष तिमिल्सिनाले संवैधानिक निकायमा नियुक्तिका विषय सुनुवाइ गर्दा उनीहरूको पृष्ठभूमि लगायतका विषय ध्यान दिन आग्रह गरेका छन् । समितिमा दलको ह्विप नलाग्ने भए पनि सम्पूर्ण सदस्य भएर सुनुवाइ गरी निर्णय लिन आग्रह गरे।
उनले मंगलबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सुनुवाइ समितिको बैठक समयमा सुरु गर्न समयमा सक्न आग्रह गरेका हुन्।































प्रतिक्रिया