‘संवैधानिक नियुक्तिमा पुनर्विचार गर्न आवश्यक छ’ -राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

‘संवैधानिक नियुक्तिमा पुनर्विचार गर्न आवश्यक छ’ -राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा नियुक्तिका विषय सुनुवाइ गर्दा पृष्ठभूमिलगायतका विषयमा ध्यान दिनुपर्ने बताएका छन् । 

मंगलबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संवैधानिक परिषद्बाट सिफारिस भएर आएका व्यक्ति समितिमा आएर पनि रोकिन सक्ने भन्दै विगतको सोचाइबाट र अनुभवका आधारमो नियुक्ति प्रक्रियालाई प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

उनले भने,‘संयुक्त नियामवाली बन्ने बेलामा संसदीय सुनुवाईकै विषयलाई लिएर सदनमा विचार राखियो । यसमा सबै गम्भिर हुनुपर्छ । यति धेरै पक्रिया अपनाएर पनि कमजोरी देखियो भने, कतै खोट छ भन्ने बुझ्नु पर्छ । जस्तो हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायमा आयुक्त नियुक्त गरेर पठायौं । पछि उही व्यक्तिलाई पक्राउ गर्नु पर्ने अवस्था आयो । यी बिषयलाई हामीले ध्यान दिनु आवश्यक छ ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिका सदस्यलाई समयको पालना गर्न पनि आग्रह गरेका छन् । उनले विकास र प्रगति सबै निर्धारित समयको पालनाले नै हुने भएको बताउँदै बिकास निर्माणका काम समयमा भए मात्रै आर्थिक वृद्धि हुने हुने बताए । 

उनले भने,‘समयमा बैठक सुरु गर्ने नियम बसाल्नु पर्छ । समयमा भनेको पैसा पनि हो । विकास, प्रगति निर्धारित समयमा नै हुनुपर्छ । बजेटको लक्ष्य पूरा गर्न  समयको पालना गर्नुपर्छ ।’

Logo