रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ

रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी आजलाई तोकिएको छ। उक्त रिटमा आजबाट प्रारम्भीक सुनुवाइ सुरु हुनेछ। 

रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो। वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो । 

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो। उक्त आदेशपछि बुधबार रिट दर्ता भएको थियो।

Logo