राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विषय उठाउन माग गरेको छ।
विज्ञप्तिमा लेख्दै “भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन।”
































प्रतिक्रिया