1
1
1
1
1

प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन कांग्रेसको चेतावनी

1
1
1
1
1
1

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधि सभाको बैठक निरन्तर अवरुद्ध भएकोमा आपत्ति जनाउँदै कांग्रेसले तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई सचेत गराएको हाे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तापक्षका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘‘नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।” कांग्रेसले संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने स्मरण गराएको छ ।

निरन्तर सूचना टाँसेर स्थगित गरिंदै आएको प्रतिनिधि सभाको आइतबारको बैठक पनि स्थगित गरिएको थियो । अर्को बैठक माघ ६ गतेका लागि बोलाइएको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित हुनु दुःखद भएको भन्दै यसलाई सरकार र सत्तारुढ नेकपाको संसदप्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ ।

प्रकाशित: २७ पुष २०७६ १७:२२ आइतबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी