‘नेपाली राजनीति डरलाग्दो पाराले लोकरिझ्याईको बाटोमा उन्मुख छ’ -गगन थापा

‘नेपाली राजनीति डरलाग्दो पाराले लोकरिझ्याईको बाटोमा उन्मुख छ’ -गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विस्तारै विस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याई बाटोमा उन्मुख भएको बताएका छन् । 

शुक्रबार नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनताले चाहेको कुरा सुनाउन खोज्नेहरुको राजनीतिले परिवर्तन ल्याउँछ या ल्याउँदैन त्यो सबैले सोच्ने विषय भएको बताएका हुन् । 

उनले भने, ‘लोकरिझ्याईको राजनीतिले के गर्ने सोच्दैन । मैले के भन्ने होला भनेर सोच्छ । जे सुन्न मन लाग्छ त्यो भन्ने । त्यो कुराले परिवर्तन ल्याउँछ की ल्याउँदैन भन्ने होईन ।  सुन्नेले जे सुनिरहको छ त्यो भन्न हुन्छ कि हुँदैन भनेर सोच्दैन् । विस्तारै विस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याईको बाटोमा उद्धत हुन थालेको छ । यो दल त्यो दल भन्ने हुँदैन् । यो विस्तार विस्तारै हावी हुँदै जान सक्छ । यसलाई कसैले रोक्न सक्छ भने नेपालको प्रेसले मात्र रोक्न सक्छ ।’ 

महामन्त्री थापाले नेपाली  कांग्रेसले विश्वास गुमाएको अवस्था भएको प्रष्ट पारे । उनले अहिले कांग्रेस भोट पाएको तर विश्वास गुमाएको अवस्था रहेको उल्लेख गर्दै भोटको बारेमा चिन्ता नगरी विश्वासको बारेमा चिन्ता गर्नुपर्ने बेला भएको बताए ।  

Skip This
Skip This
Logo