सभापति देउवाकै कारण कांग्रेसमा समस्या बढेको महामन्त्री थापाको आरोप

सभापति देउवाकै कारण कांग्रेसमा समस्या बढेको महामन्त्री थापाको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीमा समस्या बढेको आरोप लगाएका छन् । 

काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा उनले सभापति देउवाले आफ्नो मर्जीले बैठक बोलाउने गरेको आरोप लगाएका हुन् । सभापति देउवाले विभाग गठन गर्न पनि चासो नदिएको उनको भनाई छ । 

‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन ।’ उनले भने, ‘कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं ।’

साथै महामन्त्री थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापतिको एकल सहमतिमा भएको दाबी पनि गरेका छन् । ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।’ उनले भने। 

Logo