नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नगरिकता विधेयकको प्रकाणीकरणबारे भारत भ्रमणसँग जोडेर टिका टिप्पणी गर्नु गलत भएको जिकिर गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण,नागरिकता विधेयकलगायतका विषयमा अन्तरसंवाद कार्यक्रममा महासचिव गुरुङले सदनले दुई दुई पटक पारित गरेर पठाइसकेपछि प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए। उनले भारत भ्रमणको समयमा नै प्रमाणीकरण गर्नुपर्ने भएकाले संयोग मात्र भएको स्पष्टीकरण दिए।
उनले भने ‘नागरिकता विधेयकको सन्दर्भमा वैधानिक र कानुनी रुपले प्रमाणीकरण गर्नुको अर्को कुनै विकल्प थिएन। सदनले दुई दुई पटक पारित गरेर पठाइसकेपछि त्यो पारित गर्नुको विकल्प देखिदैन। भारत भ्रमणको समयमा प्रकाणीकरण भएकोले कतिपयले भारत भ्रमणसँग जोडेर टिकाटिप्पणी गरे तर त्यो संयोगको कुरा मात्र हो।’उनले विधेयक प्रमाणीकरण संविधानसँग सम्बन्धित भएकाले बहस गर्न आवश्यक नरहेको बताए।
संविधान निर्माण गर्दा दलका कोहि नेताले विमति नराखेको भन्दै अब विरोध गर्नुको कुनै औचित्य रहेको उनको भनाइ छ। उनले भने,‘यो २०७२ सालको संविधानमा नै व्यवस्था भएको कुरा हो। यो संविधानसँग जोडिएको कुरा हो । संविधान निर्माण गर्दा दलका कोहि नेताले विमति राख्नु भएन। नागरिकता विधेयक सम्बन्धि अन्तरवस्तुको बहस गर्नुको औचित्य देख्दिन किनकी ठीक भएनी नभएपनि संविधानसँग सम्बन्धित छ।’































प्रतिक्रिया