राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्यहरुले सपथ लिएका छन् । योसंगै आयोगले लामो सामयपछि पूर्णता पाएको छ ।
आईतबार सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा नवनियुक्त महिला सदस्यहरुले सपथ लिएका हुन् । राष्ट्रिष्य योजना आयोगका प्रवक्ता डा. रामकुमार फुयालका अनुसार डा. अनिता शाह ढु्ंगानाले सपथ लिएकी हुन् ।
उनले भने, ‘पहिला महिला सेक्टरका कामहरुपनि अन्य सदस्यहरुले बाँडेर हेरेको अवस्था थियो, अब भने महिलाहरुको सेक्टर महिला सदस्यहरुले नै हेर्नुहुनेछ, आयोगले पूर्णता पाएपछि बजेट र योजनातर्फ सबैको ध्यान जानेछ, साउन १ गतेदेखि बजेट कार्यान्वयन तिर आयोग लाग्छ ।’
अन्य सदस्यहरुले यस अघि नै सपथ लिइसकेका छन् । योजना आयोगमा उपाध्यक्ष सहित ७ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।































प्रतिक्रिया