कोभिड नियन्त्रण र विकास निर्माणमा ओली सरकार असफल हुँदा देउवा सफल भएः सांसद कार्की

कोभिड नियन्त्रण र विकास निर्माणमा ओली सरकार असफल हुँदा देउवा सफल भएः सांसद कार्की

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काली केपी शर्मा ओली सरकारले कोभिड नियन्त्रण र विकास निर्माणमा असफल भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले शेरबहादुर देउवाको तत्कालीन सरकारले कोभिड नियन्त्रणलाई सरकारको प्राथमिकतामा राखेर महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गरे । 

उनले भने, ‘कोरोनाको समयमा ओली सरकारले कसरी काम ग-यो, त्यसमा फेरि विवेचना गरौंला । तर, कोरोना महामारीलाई नियन्त्रण गर्न ओली सरकार जसरी असफल भयो त्यसैगरी विकास निर्माणका लागि पनि असफल भयो । कोरोनाको समयमा शेरबहादुर देउवाजीले सफलता हात पार्दै गर्दा मुलुकको लक्षित जनसंख्याको पहिलो डोज लिने ११ प्रतिशत थिए । दोस्रो डोज लिने ४.७ प्रतिशत थिए । त्यस बेला सरकारको प्राथमिकतामा शेरबहादुर देउवाले खोप, खोप, खोप भनेर उच्चारण गर्नु भएको थियो ।’

सांसद कार्कीले नारा र भाषणले जनताको समस्या समाधान नहुने भन्दै कृषिको विकास लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

Logo