ओलीको भाषण सुनेर एमालेकै सांसद निदाएः विमलेन्द्र निधि

ओलीको भाषण सुनेर एमालेकै सांसद निदाएः विमलेन्द्र निधि

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यङ्ग्य गरेका छन्। मङ्गलवार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १ घण्टा ५८ मिनेट बोलेको निधिले बताए।

उनले भने,‘अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो। प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।’ उनले बजेटमाथि ओलीको टिप्पणी आफैँले लेखेको हो कि अरूले लेखिदिएको हो भनेर पनि ठट्टा गरे। ‘यद्यपि होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद दिन चाहन्छु । संसदीय प्रणालीप्रति साँच्चै प्रतिबद्ध हुन थाल्नुभयो। प्रतिपक्षीको भूमिकामा प्रतिबद्ध हुनुहुन्छ । धेरै बेर पर्खेँ मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालेँ, जति समय बित्दै गयो, उहाँहरू निदाउन थाल्नुभयो । ताली लगाउन पनि बिर्सनुभएको थियो।’

Logo