नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि-७) मा नेताहरुको जिम्मेवारी तोकिएको छ।
जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ । उपाध्यक्षहरूले पार्टीका ३३ विभागको समन्वय गर्नुपर्ने भनिएको अपानिमा ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ।
१९ जेठमा बसेको केन्द्रीय सचिवालय बैठकले त्यसरी लिएको निर्णयलाई सर्कुलर जारी गरेर कार्यान्वयनमा ल्याउने एमालेको तयारी छ ।
हेर्नुहोस्, पूर्णपाठ-





























प्रतिक्रिया