बजेटमा विकृत पुजिँवाद र नस्लवादी चिन्तन देखियोः उपेन्द्र यादव

बजेटमा विकृत पुजिँवाद र नस्लवादी चिन्तन देखियोः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, सरकारले प्रस्तुत गरेको बजेट विकृत पुजिँवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन्। 

संसदमा बजेटमाथिको छलफलमा भाग दिँदै उनले सरकारले अहिले प्रस्तुत गरेको बजेटले राष्ट्रलाई कुनैपनि निकास नदिने बताए। ‘यो बजेट वास्तवमा समाजवाद उन्मुख छँदै छैन। बजेट विकृत पुजिँवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ।’ उनले भने ‘त्यसले त्यस किसिमको बजेटले समाजवादी उन्नमुख बाटो ओगट्न सक्दैन। समाजवादी उन्मुख हैन। समाजवादी विमुख बजेट रहेको छ।’

नस्लबाद कुनैपनि देशको लागि हितकर नहुने भन्दै उनले न्युन विकास सुचकाङ्क भएको ठाउँमा कम बजेट दिनुले नस्लबादको चिन्तन स्पष्ट भएको उनको भनाई छ। ‘नस्लवाद कुनैपनि देशको कुनैपनि जातिको कुनैपनि समुदायको हितकर हुदैन यो चिन्तबाट मुक्त हुनुस्। चाहे गोरा हुन काला हुन् नेप्टे हुन चेप्टे हुन् चुच्चे हुन् इक्वेल छन्। इक्वेल्ली डेभलप गर्ने अवसर उनीहरुको अधिकार हो।’ नागरिकबाट लिइएको करले कहाँ कस्लाई फाइदा पुगेको छ भन्ने कुरा गम्भिर रहेको उनको भनाई छ। 

Skip This
Skip This
Logo