सांसद अमरेश सिंहले प्रधानमन्त्रीले विभिन्न समूहसंगको मिलेमतोमा करको दर हेरफेर गरेको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफलमा भाग लिदैं सांसद सिंहले प्रधानमन्त्रीले विशाल ग्रुप, संघाई ग्रुप र आईसिटिसिसँग मिलेमतो गरेर करको दर हेरफेर गरेको आरोप लगाएका हुन् । उनले भने,‘करको दरमा अर्थमन्त्रीले ईमान्दारीता पूर्वक काम गर्नुभएको छ । तर प्रधानमन्त्रीको ईमान्दारीता छैन् । विशाल ग्रुप,संघाई ग्रुप, आई सि टिसिसँग मिलेमतो गरेर करको दर हेरफेर गरिएको छ ।’
सांसद सिंहले मन्त्री र प्रधानमन्त्री भ्रष्टाचारको लागि र आफ्नो क्षेत्रमा बजेट पार्ने स्वार्थको लागि बनेको टिप्पणी गरे । उनले भने ‘मैले के आग्रह गरेँ भने डडेल्धुरा, चितवन र गोर्खा, नुवाकोटको मात्रै बजेट भयो भने यो दुर्भाग्यको कुरा हो । यो देशको विखण्डनको कुरा हो, भन्नु नपरोस यो देशको आउने जनविद्रोहको सुरुवातको कुरा हो । यो कुरा तपाईको निजि सम्पत्ति नठान्नुस् अर्थमन्त्रीजी र हामी कसैको चाकडी गर्न जाँदैनौं ।’
प्रत्येक वर्ष तीन करोड विरुवा रोप्ने नाममा पनि भ्रष्टाचार भईरहेको उनको आरोप छ ।





























प्रतिक्रिया