बजेटमा केन्द्रिकृत सोच हावी भयोः सांसद देवकोटा

बजेटमा केन्द्रिकृत सोच हावी भयोः सांसद देवकोटा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा केन्द्रिकृत सोच हाबी भएको आरोप लगाएका छन् । 

राष्ट्रियसभामा अर्थमन्त्रीले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद देवकोटाले प्रदेश र स्थानीय तहको बजेट कटौतिप्रति असन्तुष्टि जनाएका हुन् ।

‘प्रदेश र स्थानीयतहले पाउनु पर्ने अनुदान घटाइएको छ । निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम जुन हामीले चिहान घाटमा पुर्याएका थियौं त्यसलाई  बुझ्याइएको छ ।’ उनले भने ‘अधिकासं मन्त्रालयको बजेट एकदमै केन्द्रिकृत छ । त्यसकारण केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनेको छ ।’

प्रधानमन्त्रीले प्रतिनीधि सभाको तुलनामा राष्ट्रियसभा अलि सभ्य अलि शिष्ट रहेछ भनेको प्रसंगमा सांसद देवकोटाले भने, ‘प्रतिनिधि सभा धेरै ठुलो भयो । संख्याले पनि त्यो अलिकति व्यवस्थापन गर्न गाह्रो भएको छ । त्यो प्रतिनिधि सभाको त्यो २ सय ७५ लाई १ सय ६५ मा मात्रै सिमित गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढाइयोस् ।’

Logo