संघीय निजामती ऐन ल्याउन सरकारसँग सांसद बैरागीको माग

संघीय निजामती ऐन ल्याउन सरकारसँग सांसद बैरागीको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद दामोदर पौडेल (बैरागी)ले निजामती सेवालाई स्वच्छ र पारदर्शी बनाउन संघीय निजामती ऐन ल्याउन सरकारसँग आग्रह गरेका छन् । 

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा  उनले संघीय निजामती ऐन तत्काल ल्याउनुपर्ने माग गरे।

उनले भने ‘निजामती सेवालाई स्वच्छ, निष्पक्ष ,सक्षम ,पारदर्शी र जनउत्तरदायी एवं सहभागीमूलक बनाउन क्षतिपूर्तिसहितको नागरिक सेवा प्रदान गर्न संघीय निजामती ऐन ल्याउन जरुरी छ। तुरुन्त ल्याइयोस्। समायोजनको तर्फबाट प्रदेश र स्थानीय तहबाट कार्यरत कर्मचारीहरुलाई मार्गदर्शन हुने गरि यसै अधिवेशनमा संघीय निजामती ऐन ल्याउन सरकारको ध्यानाकर्षण गर्दछु।’

सांसद बैरागीले ऐन ल्याउँदा निजामती क्षेत्रको आधिकारिक ट्रेड युनियन र सम्बन्धित संगठनहरुले दिएका महत्वपूर्ण  सुझावहरुलाई ध्यान दिनुपर्ने बताए। 

Logo