राप्रपाका सांसद दीपकबहादुर सिंहले अहिलेसम्म आएको कृषि अनुदानको विवरण संसदमा पेश गर्न आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने क्रममा सांसद सिंहले मन्त्रीदेखि लिएर सबैले कृषि अनुदानमा करोडौंको घोट्ला गरेको दावी गरे। उनले त्यस्तो कार्यमा संलग्न रहेका हरेकलाई कारवाही गर्न माग गरेका छन्।
उनले भने ‘अहिलेसम्म कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशीदातृ राष्ट्रको होस् ज-जसले दिएको छ सम्पूर्ण अनुदान यस हाउसमा पेश होस्। त्यो अनुदानकाे दुरुपयोग भइरहेको छ। सुन्नमा आएको छ कि प्रदेश सरकारको मन्त्री र आफ्ना नातागोता र हामी माननीयहरुको बाट पनि त्यो अनुदान लिएर आफ्नो फर्मको नाम बाट करोडौं रुपैयाँ हिनामिना भएको छ,त्यसको उचित जाँच होस भन्ने माग राख्छु । यदि त्यस्तो कार्यमा हामी मध्ये कोही मिसिएको छ भने त्यसलाई पनि कडा भन्दा कडा कारवाही होस्।’































प्रतिक्रिया