नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य द्रुत गतिमा अघि बढ्न सक्दैन्।
उनले भने ‘बजेटको बुँदा नम्बर १९ मा अर्थमन्त्री ज्यूले साधारण खर्चमा वृद्धि हुँदै गएको र तलव भत्ता सामाजिक सुरक्षा वित्तीय हस्तान्तरण प्रशासनिक खर्च लगायतका साधारण खर्च र बढ्दो क्रृण भुत्तानीको दायित्व व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब विनियोजन गर्नु परेको बताए। यो रकम कुल बजेटको ७३ प्रतिशत हुन आउछ। कुल बजेटको ठूलो हिस्सा यसरी छुट्याउन पर्दा विकास कार्यका लागि स्रोत व्यवस्थापनमा चाप परेको छ।’
सांसद चौधरीले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्न तयार हुँदा यस्ले विकासको नियमित प्रक्रियालाई नै अवरुद्ध पार्ने बताए। उनले भने‘आगामी वर्षको बजेटमा चालु खर्चको अंश ६५ प्रतिशत पुँजी बजेटको अंश केवल १७ प्रतिशत रहेको छ।





























प्रतिक्रिया