नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नकारात्मक सोचबाट संक्रमित भएको आरोप लगाएका छन् ।
बिहीवार प्रतिनिधसभामा बजेट माथि आफ्नो धारणा राख्दै सांसद तामाङले लामिछानेले सरकारको बजेट र प्रधानमन्त्रीको भ्रमणलाई लिएर भनाई नकारात्मक सोचबाट संक्रमित भइसकेको टिप्पणी गरेका हुन् । उनले किमो चढाउनै पर्ने हो कि सामान्य उपचार गरेर ठीक हुने संक्रमित हो भनेर रविलाई प्रश्न समेत गरे ।
उनले भने,‘आज रवि माननियले संक्रमित राख्नुभयो । ढुक्क भए हुन्छ रविजि हरुपनि संक्रमित नै भइसक्नु भयो । कुन तहसम्म हुने भन्ने यो संक्रमित अहिलेको व्यवस्थामा छिरेपछि संक्रमित भयो । मात्र के भने किमो चढाउनै पर्ने हो कि सामान्य उपचार गरेर ठीक हुन्छ ।’
सांसद तामाङले कुकुर ल्याउँदा पनि खुसी हुनेहरुले भैंसी ल्याउदा व्यङग्य गरेको बताए । भ्रष्टाचारको फाईल खोल्ने बेला रास्वपा सरकारबाट बाहिरीएको भन्दै ईतिहासमा समीक्षा हुने बताए ।





























प्रतिक्रिया