नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रुप देखियोः माधव नेपाल

नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रुप देखियोः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालले नेपालमा भ्रष्टाचारको नाङ्गो र चर्को रुप देखिएको टिप्पणी गरेका छन् ।
 
समाजवादी प्रेस संगठनको काठमाडौँमा सुरू प्रथम राष्ट्रिय महाधिवेशनमा उनले नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारको नाङ्गो रुप आफ्नो पार्टीले परिर्वतन गर्न चाहेको बताए। 

उनले भने, ‘नेपाली राजनीतिमा सब भन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृति देखिएको छ। पुरै राजनीति विकृत हुनुको पछाडी यो भ्रष्टाचारले काम गरेको छ । विना पैसाको कुनै काम नहुने,पैसामा लोभिने,जनतालाई पीडा दिने शोषक, सामन्त,जाली,फटाहा पूँजी पतिहरु हावी हुन पुग्ने  इमान्दार पिल्सि रहनुपर्ने जुन यो अवस्था छ,यसलाई हामी परिवर्तन गर्न चाहान्छौँ।’
 
उनले नेपाली समाजमा भ्रष्टाचार र कुरीतिको पनि नाङ्गो रुप देखिएको भन्दै त्यसकाविरुद्धमा राजनीतिक र समामाजिक अभियान्ताले स्पष्ट दृष्टिकोण बनाउन आवश्यक रहेको समेत बताए। 

उनले भ्रष्टाचारको विरुद्धमा असल र स्वच्छ छवी बनाएर काम गर्न सके मात्र कर्तव्य पूरा हुने भन्दै कोही कसैमाथि आग्रह पूर्वाग्रह नराखी कलम चलाउन पार्टी निकट पत्रकारलाई निर्देशन दिए।  संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसकाविरुद्ध एक भएर कलम चलाउन उनको अनुरोध छ। 

‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको छ । चाहे त्यो भूटानी शरणार्थी प्रकरणमा होस् या विना पैसा कुनै काम नहुने प्रवृति होस्,मिटरव्याजले पीडित जनताको क्रन्दनको कुरा होस् वादलितमाथि भएको भेदभावको प्रवृति होस् यी सबै खालका गलत प्रवृतिका विरुद्धमा राजनीतिक र सामाजिक अभियान्ताहरुले प्रस्ट अृष्टिकोण बनाएर अगाडी बढ्न जरुरी छ।’नेपालले भने। त्यस्तै, नेकपा एसका उपाध्यक्ष तथा पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारले ल्याएको बजेटमाथि विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा सरकार नै छोड्न परे पनि पास गर्न नदिने चेतावनी दिए। 

उनले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेल्धुरा, गोरखा र नुवाकोट लगिएको प्रति आक्रोश पोख्दै बरु सरकार नै छाड्न आफ्नो पार्टी तयार रहेको तर,यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी दिए। 

Logo