बजेटमा रहेका पुराना प्रवृतिलाई आफूले रोक्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति

बजेटमा रहेका पुराना प्रवृतिलाई आफूले रोक्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा रहेका केही पुराना प्रवृति आफूले रोक्न नसकेको स्वीकार गरेका छन् । 

बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले कनिका छर्ने पुरानो चलनलाई आफूले बजेटमा नै स्वीकार गरेको बताएका हुन् ।

उनले भने ‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्णरुपमा सम्बोधन गर्न सकेका छैनौं  । केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन । यहाँँकोले पुगेन, वडाअध्यक्षज्युहरु आइराख्नुभएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन प-यो भनेर ।’ 

चाहे स्थानीय तहलाई होस चाहे प्रदेशहरुलाई दिन जुन विनियोजन भएको त्यो विनियोजन सुनिश्चित होस् र सानो सानो आयोजनामा खर्च वितरण गर्न नपरोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यसलाई पूर्णत सम्बोधन गर्न नसकेको अर्थमन्त्री महतको स्वीकारोक्ति छ । उनले मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको खुलासा पनि गरे । 

Logo