बजेटमा आयको अनुमान अविश्वसनीय छः स्वर्णिम वाग्ले

बजेटमा आयको अनुमान अविश्वसनीय छः स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटमा आयको अनुमान अविश्वसनीय रहेको तर्क गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा सहभागी बन्दै सांसद वाग्लेले बजेटको आय व्ययको अनुमान फेल हुनुको कारण खोजिनु पर्ने बताएका हुन् । 

उनले भने, ‘आयको अनुमान अविश्वसनीय छ । व्ययको अनुमान ईच्छा प्रेरित छ । धेरै बहस सुनियो । सुकेको व्यापार, गुमाएको रोजगारी, जोखिममा परेका लगानी र फैलिएको नैराश्यको उपचार परीक्षित आर्थिक नीति र सत्ताको बागडोर सम्हाल्ने मन्त्रीहरुका नैराश्यता र क्षमता माथि नागरिकले गर्ने विश्वास नै हो ।’ 

सांसद वाग्लेले अगाडि साधे, ‘हाम्रो बजेटको आय व्ययको अनुमानहरु किन र कसरी फेल भईरहेका छन् भन्ने विष्लेषण सरकारले कसरी गरिरहेको छ ?’

Skip This
Skip This
Logo