काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान् रामको भूमि अयोध्या भारतमा नभई नेपालमै भएको अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भइरहेको छ । भारतसँगको सामाजिक र सांस्कृतिक सम्बन्ध जोड्ने एउटा बिषयमा प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएपछि अहिले नेपाल र भारतका सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा र छिमेकी मुलुकसँगको सामाजिक सांस्कृतिक सम्बन्धलाई ख्याल नगरी अप्रमाणित कुरा बोलेको आरोप उनीमाथि लागेको छ । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएपछि भारतको भारतीय जनता पार्टीले विरोध गरेको छ । त्यस्तै त्यहाँका सञ्चार माध्यममा फेरि एकपटक ओली समाचारका हेडलाईन बनेका छन् ।
प्रधानमन्त्री ओलीले त्रेतायुगको राम सीताको विवाहको प्रसंगलाई जोड्दै अहिले भारतको उत्तरप्रदेशमा रहेको अयोध्याबाट विवाह गर्नका लागि राम जनकपुर आउनै नसक्ने दाबी गरेका थिए । यही नेपालको पर्सा नजिकको अयोध्यापुरी चाहिँ खासमा अयोध्या हो भन्ने ओलीको दाबी छ ।
रामायण कथामा उल्लेखित कुरामा प्रधानमन्त्री ओलीले आफ्नो तर्क अघि सारेपछि यसले एउटा अनावश्यक बहस भित्रिएको छ । जबकी कथामा उल्लेखित प्रसंगको प्रमाणिकता खोज्ने कुनै अवशेषहरु समेत छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको तर्फबाट आएको अभिव्यक्तिले विवाद मात्र सिर्जना गरेको छ ।
भारत र नेपालबीच सांस्कृतिक सम्बन्ध जोड्ने एउटा सेतुको रुपमा राम र सीता पनि थिए । त्यसैले हरक वर्ष विवाह पञ्चमीको अवसरमा जनकपुरमा भारतबाट जन्ती लिएर जनकपुर आउने चलन छ । दुई बर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अवसरमा सिधै जनकपुर आएका थिए । प्रधानमन्त्री ओलीले नै जनकपुर पुगेर मोदीको स्वागत गरेका थिए । भिडियाे :































प्रतिक्रिया