रास्वपाविरुद्ध अन्य दलले गरेकाे घेराबन्दी सातो जाने खालको छः रवि लामिछाने

रास्वपाविरुद्ध अन्य दलले गरेकाे घेराबन्दी सातो जाने खालको छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि बाधा पुर्‍याउने प्रयास भइरहेकाे बताएका हुन्। 

उनले भने,“तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ। तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ। तर, हामी डराउँदैनौँ,  २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर, त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू सुरु भएको छ। त्यसमा हामी चनाखो हुँदै जानुपर्छ।”

Skip This
Skip This
Logo