एकलव्यको सन्तान हुँ, शीर काटेर दिन तयार छुः मन्त्री किराती

एकलव्यको सन्तान हुँ, शीर काटेर दिन तयार छुः मन्त्री किराती


पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नराम्रो काम नगर्दा पनि आफूमाथि प्रायोजित प्रचार गरिएको गुनासो गरेका छन् ।

शनिबार काठमाडौंको तीनकुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला सिल्ली प्रर्दशन कार्यक्रममा मन्त्री किरातीले संस्कृति मन्त्रालय हेरफेर तथा मन्त्रीबाट फिर्ता बोलाइने हल्ला प्रति लक्षित गर्दै त्यस्को कटाक्ष गरेका हुन् ।

उनले भने, ‘मलाई आमाले सानोमा गलत काम नगर्नु भनेर अर्ति दिनुभएको छ । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धेय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिनुभएको छ ।’

आमाको उपदेश र प्रधानमन्त्री ज्युको निर्देशन आफ्नो जीवन दर्शन बनेको भन्दै मन्त्री किरातीले भने,‘आमाको उपदेश र प्रधानमन्त्री ज्यूको निर्देशन मेरो जीवन दर्शन बनेको छ । आमा र  प्रधानमन्त्रीको कसमबाट म विमुख हुनेछैन । मेरो आमा जन्माउने   देश र जनतालाई धोका दिने काम नगर्दा मेरो मन्त्री पदको सौदाबाजी गर्छन् भने हेक्का रहोस म एकलव्यको सन्तान हुँ शीर काटेर दिन तयार छु, मन्त्री पद त मामुली कुरा हो ।’

मन्त्री किरातीले गलत अफवाहको खेती गरेर हिँडे केवल आगोको ज्वालामा खेल्न आएको पुतलीको हविगत शिवाय अरु केहि नहुने चेतावनी पनि दिए । 

Logo