मिटरब्याज पीडितसँग गृहमन्त्री श्रेष्ठले भने- `प्रहरीले दुःख दिएको छ ? मलाई भन्नुहोस्´

मिटरब्याज पीडितसँग गृहमन्त्री श्रेष्ठले भने- `प्रहरीले दुःख दिएको छ ? मलाई भन्नुहोस्´

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको वताएका छन् । पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जनताको काम नभएको उनको तर्क छ ।

महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनताको समस्यामा नेतासमेत इमान्दारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै जनतालाइ जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गराए । 

मिटरव्याज पीडितहरुको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने, `काइते कुरा गरेर कुनैपनी प्रहरिले पीडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस हामी कारवाही गर्न तयार छौँ ।´ मिटरव्याज पीडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा वनाउन नसकेकोप्रति पनि उनले गुनासो गरे ।

गृहमन्त्री श्रेष्ठले मधेशमा आउँदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उनले भने-`मधेशका श्रमिकहरुले जहिले पनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागि आवाज उठाउने गर्दछन् ।´

Logo