राष्ट्रियता र देशको इज्जत के हो भन्ने सिकाउनु पर्ने बेला आएको छः ज्ञानेन्द्र शाही

राष्ट्रियता र देशको इज्जत के हो भन्ने सिकाउनु पर्ने बेला आएको छः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियता र देशको इज्जत के हो भन्ने सिकाउनु पर्ने बेला आएको बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित पार्टीको प्रजातान्त्रिक भूतपूर्व सैनिक प्रथम महाधिवेशनमा प्रवक्ता शाहीले देशको माटो, भूमि र देशप्रेम के हो भनेर सिकाउनु पर्ने बेला आएको बताएका हुन् । 

उनले भने, ‘देशमा नवजवानहरु विदेसिएका छन् । तर राज्य लुटिरहेका छन् । देशलाई बलात्कार गरिरहेका छन् । नेपाल आमा राेइरहेकी छिन् । हातमा हतियार बोकेका सैनिकहरु मुकदर्शक भएर हेरिरहेका छन् । अब हामी यो सब हेरेर बस्न सक्दैनौं। सिकाउनु प-यो राष्ट्रियता के हो ? यो देशको ईज्जत के हो ? देशको माटो,भूमि र प्रेम के हो भनेर सिकाउनु पर्छ । आज हाम्रो देशका दाजुभाईहरु एक ठाउँबाट अर्को ठाउँ जाँदा गर्ने व्यवहार फरक भएको छ ।’ 

Logo