सुदूरपश्चिमको नाम फेर्न नाउपाको माग

सुदूरपश्चिमको नाम फेर्न नाउपाको माग

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ।

आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै लक्ष्मण किशोर चौधरीले यस्तो माग राखेका हुन्।

उनले भने, ‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहन्छु,लोगो मात्र फेरिएर हुँदैन। प्रदेशको नाम पनि फेरिनुपर्छ। सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ। नाम संशोधन गरिनुपर्छ। यहाँको समुदाय र संस्कृति झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ।’

Skip This
Skip This
Logo