प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ। पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो। 

यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दिएको आदेशअनुसार दर्ता भएको थियो।

दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’विरुद्ध आइतबार सर्वोच्चमा रिट दर्ता भएको थियो।

Skip This
Skip This
Logo